जब कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई ठक्कर दियो…

जब कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई ठक्कर दियो...

बारा, १८ पुष । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई आज बिहान ठक्कर दिदा मृत्युु भएको हो ।

कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ठक्कर दिने कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्