ओली सहभागी हुने कार्यक्रममा कालो मास्क, टोपी, पञ्जा लगायतका सामाग्री निषेध

KP Oli

काठमाडौं, १८ पुष । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा कालो रंगको मास्क, टोपी, पञ्जा लगायतका सामाग्री निषेध गरिएको छ ।

आज दिउँसो १ बजेदेखि प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीको भेलामा कालो रंग भएको कपडाहरु निषेध गरिएको हो । सो कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए ।

हलभित्र हुने कार्यक्रममा प्रवेश गर्ने सबै कार्यकर्ता, नेताहरुले कालो मास्क, पञ्जा, गलबन्दी लगायतको कालो रंगको कपडा लगाएर गएमा खोलेर मात्र प्रवेश वा पूर्ण प्रवेश निषेध गरिएको छ । त्यस्तै पानीको बोतल समेत लिएर जान निषेध गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकट नेता तथा कार्याकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कालो मास्क र टोपी लगाएर संकेतिक विरोधका लागि केही मान्छे आएको सूचना पाएकाले कार्यक्रम हलमा त्यस्ता वस्तु निषेध गरिएको आयोजकले जनाएको छ । यसअघि ओली पक्षको कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पनि कालो मास्क प्रतिबन्ध गरिएको थियो ।

भेलमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको सम्बोधन रहने छ । भेलालाई नै मध्यनजर गरेर कमलादी आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ । ओेली र प्रचण्ड–माधवकुमार नेपाल समूह छुट्टाछुट्टै भेला, कार्यक्रम र बैठक राख्दै आएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक