मोटरसाइकलमा रहेकी महिलालाई पाटे बाघले झम्टेर लगेपछि …

बाघ

बर्दिया, १८ पुष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटे बाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ ।

आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आ’क्रमण गरी मोटसाईकलबाटै झम्टेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको शव अझैं फेला परेको छैन ।

बाघले आ’क्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गरिरहेको थियो । राष्ट्रिय वन तथा निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका सामुदायिक वन आसपासका क्षेत्रमा पाटे बाघको आ’क्रमणबाट मानवीय क्षति भएपनि निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा धेरै वर्ष पछि फेरि यस्तो दु:खद घ’टना भएको बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन रमेशकुमार थापाले बताए ।

बर्दिया निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापाका अनुसार झण्डै २१ वर्ष अघि २०५६ सालमा निकुञ्जको यहि क्षेत्र आसपासमा राजमार्गमै पाटे बाघले मोटरसाइकलमा सवार कैलाली लम्किका फिल्म हल साहुलाई आ’क्रमण गर्दा ज्यान गएको थियाे ।

मोटरसाइकलमा आ’क्रमण गरि महिलाको ज्यान गएपछि क्यामरा प्रविधिको सहयोगमा बाघ पहिचान गरि नियन्त्रणमा लिने प्रयास थालिने निकुञ्जले जनाएको छ । साँझ परेपछि बेलुका ६ बजेदेखि बिहानको ६ बजेसम्म निकुञ्ज भित्र पर्ने राजमार्गमा मोटरसइकल, साइकल र पैदल यात्रीलाई रोक लगाउने तयारी थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर