काठमाडौँ, २० पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गो’लीसहित झापाका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर-२ का बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको हो।
उनिहरु एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गर्दा चेक जाँचका क्रममा झोलामा लुकाएको अवस्थामा ९ एमएमको पे’स्तो’लको गो’लीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । यस बिषयमा थप अनुसधान भइरहेको र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
