पोखराका वडाहरुको बजेट बाँडफाँडमा ढिलाई, ‘खाता चल्यो चेक चलेन’

Budget बजेट

पोखरा, २० पुष । पोखरा महानगरपालिकाले वडाहरुको बजेट बाँडफाँडमा ढिलाई गरेको छ । बजेट बाँडफाँडमा ढिलाई गरेको हुनाले वडाहरुमा अन्योलता सृजना भएको छ ।

पहिले पोखरा महानगरपालिका आफनै काममा अल्झिएर खाता खोल्न ढिलाइ गर्यो भने अहिले खाता त खुल्यो तर चेक नै साटिएके छैन । एक अर्थले भन्दा खाता चल्यो तर चेक चलेन । यही बिषयमा हामीले पोखरा वडा नं १६ का अध्यक्ष जीवन प्रसाद आचार्यलाई वडाले खाता दियो ? भनेर सोध्यौउनि भन्छन “ महानगरमा पत्र आएको छ तर वडामा कुनै पत्र आएको छैन, खाता पनि दिईएको छैन १ बर्षमा ६ महिनासम्म खाता नआउनु लाज मर्दो भएको” उनि बताउछन।

Budget बजेट

वडा स्तरिय कार्यक्रमहरुमा बजेट नआउनाले अन्योलता छाएको उनको भनाई छ । अरु वडाहरुमा के छ त अवस्था बुझ्नलाई हामीले पोखरा २८ का सचिव खुमलाल लामिछानेलाइ सम्पर्क गरेका थियौँ । लामिछानेले खाता भर्खर अएको तर चेक नसाटिएको बबताए । उनले भने – “खाता त भर्खर आएको छ तर चेक भने साटिदैन ।”

धेरैजसो वडामा बुझ्दा साह्रै ढिला भएको गुनासो गरेका छन । ६ महिना सँग बजेट नआउनाले बजेट नै फ्रिज हुने सम्भावना बढेको वडाअध्यक्षहरुको भनाई छ । यही बिषयमा पोखरा महानगरपालिकाका अधिकृत किरण कोईरालालाई सोध्दा समस्याको सामाधान भईसकेको बताएका छन् । अहिलेसम्म राष्ट्र बैङ्कको ढिलाईका कारण समस्या भएको उनको भनाई छ । कोईराला भन्छन “ महानगरमा एकाउन्टेन ५, ६ जना मात्र रहेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक