जाडोमा छालालाई स्वस्थ राख्ने तरिका यस्ता छन्

स्वास्थ्य health - tomato juice

छाला सुन्दर र चम्किलो बनाउन खानपानमा ध्यान दिन जरुरी छ। ताजा फलफूल, सागसब्जीले छालालाई स्वस्थ राख्न अहम भूमिका निर्वाह गर्ने गर्छ । तर, जाडोमा छालासम्बन्धी समस्याहरु पैदा हुने गर्छन् । जाडोमा छालालाई स्वस्थ राख्न विभिन्न उपायहरु अपनाउने गरिन्छ ।

यसमध्ये केही पेयपदार्थ छन् जसले छालालाई चम्किलो र सुन्दर बनाउन मद्दत गर्छ । ती पेयपदार्थले छाला मात्र होइन सम्पूर्ण शरीरलाई समेत स्वस्थ राख्ने गर्छ । जाडोमा छालालाई सुन्दर र चमकदार बनाउन तीन प्रकारका चीजहरु मिसाएर पेयपदार्थ निर्माण गर्न सकिन्छ । यसका लागि टमाटर, धनिया र अदुवाको आवश्यकता पर्छ । टमाटर र अदुवा छालाका लागि निकै फाइदाजनक मानिन्छ ।

कसरी तयार गर्ने ?
एक चम्चा अदुवाको रस, दुई चम्चा धनिया र एउटा टमाटर लिने । सबैलाई मिसाएर पिस्ने । र हरेक बिहान ताजा बनाएर पिउने । धनियाँ, टमाटर र अदुवाको मिश्रणले छालालाई ठिक राख्ने र चम्किलो पनि बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले ब्ल्याकहिट्स र ह्वाइटडेट जस्ता छालामा आउने समस्यालाई पनि कम गर्छ । अदुवाले छालामा स्किन टोनको राम्रो बनाउन मद्दत गर्छ ।

स्वास्थ्यका लागि पनि फाइदाजनक
यस ताजा पेयपदार्थले अन्य थुप्रै फाइदाहरु पुर्याउँछ । टमाटरमा फोलेट, भिटामिन सी, पोटाशियम, भिटामिन र अन्य तत्वहरु पाइन्छ । 

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक