काठमाडौं, २२ काठमाडौं । काठमाडौं बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घो’पेर कलाम मियाँको ह’त्या गरिएको छ । मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीले कैंचीले घो’पेर ह’त्या गरेका हुन् ।
हत्यामा संलग्न आ’रो’पी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले बताए । शर्माले पेटमा कैंचीले घो’पेर घाईते बनाएका मियाँको उपचारको क्रममा त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मियाँको बुवाको कपडा सिलाई कारखानामा उनीहरु दुवैजना काम गर्थे । पुरानो रिसि’वीले गर्दा सुवोधले मियाँलाई आ’क्रम’ण गरेको प्रहरीको प्रारम्भिक अनु’सन्धा’नमा देखिएको प्रहरीको भनाइ छ ।
मृतकले रडले हि’र्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई साविती बयान दिएका छन् । घ’टना स्थलबाट प्रहरीले ह’त्यामा प्रयोग भएको कैंची बरा’मद गरेको छ । आ’रो’पीको कोठामा भारतीय आधारकार्ड फेला परेको डिएसपी विष्टले बताए ।