गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यही आउँदो जनवरी १० तारिख (पुष २६) का दिन वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रमा यही आउँदो आईतवार ‘भर्चुयल जुम’ मार्फत गर्न लागिएको एन.आर.एन.ए फ्रान्सका महासचिब मिन श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रममा वर्तमान अवस्थामा वहसको रुपमा रहेको निःशुल्क सदस्यता, स्मार्ट एन.आर.एन,पञ्जिकृत सदस्यताको लागि मापदण्ड र विधान संशोधन सम्बन्धमा अन्तरक्रिया गरिने श्रेष्ठले बताए ।
केन्द्रका महासचिव डा.हेमराज शर्माको प्रमुख आतिथ्यतामा हुन गइरहेको कार्यक्रमा सम्पूर्ण फ्रान्सबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई ‘भर्चुयल जुम’ मार्फत अपरान्ह ३ बजेबाट ५ बजे सम्म सहभागीता जनाउनुहुन अनुरोध गरिएको छ ।