कोरोना कहर : अमेरिकामा एकैदिन ३ हजार ८ सय बढीको मृत्यु

death

कोरोना भाइरसको कहर अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार एकैदिन यहाँ ३,८६५ जनाको मृत्यु भयो । त्यस्तै, संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी रह्यो । । महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले ज्यान गुमाएको यो पहिलोपटक हो ।

सत्ता हस्तान्तरणको विषयले अस्थिरता निम्तिदा अमेरिकी सरकारले जनताको स्वास्थमा पर्याप्त ध्यान पुुर्याउन सकेको छैन । बुधबारै संसद् भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हुुलदङ्गा गर्दा एकजनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भयो । भावी राष्ट्रपति जो बाइडेनको विजय संसद्बाट अनुुमोदन हुनबाट रोक्नका लागि ट्रम्पका समर्थकहरुले हुुलदङ्गा गरेका थिए । यद्यपी, बाइडेनको जीत संसद्ले अनुमोदन गरेको छ र अब २० जनवरीमा उनले कार्यभार सम्हाल्नेछन् ।

अमेरिकामा २ करोड १८ लाखभन्दा धेरै जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ । यसमध्ये १ करोड ३० लाखभन्दा धेरै जनसंख्या संक्रमणमुक्त भइसक्यो । ३ लाख ६९ हजार ९ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । वल्र्डोमिटरका अनुसार अझै पनि ८४ हजारभन्दा धेरै जनसंख्या संक्रमित छ । अमेरिकाको छिमेकी मेक्सिकोमा पनि संक्रमितहरुको संख्या बढ्दैछ । पछिल्ला २४ घण्टामा यहाँ १३ हजार ३ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् ।

जापानमा संकटकाल
जापानले ग्रेटर टोकियो क्षेत्रमा संकटकाल लगाउने तयारी थालेको छ । राजधानी टोकियो र देशका अन्य भूूभागमा पनि संक्रमित बढेसँगै संकटकाल लगाउनुपर्ने सुुझाव प्रधानमन्त्री योसिहिदे सुुगालाई जनस्वास्थविद्हरुले दिएका हुन् । जापानमा अहिले कोरोनाको तेस्रो लहर चलिरहेको छ । पहिलो र दोस्रो लहरको तुलनामा यो निकै घातक देखिएको छ ।

जापानमा बुधबार पहिलोपटक नयाँ संक्रमितको संख्या ६ हजार नाघ्यो । बुधबार एकैदिन यहाँ ६ हजार ४ जनामा संक्रमण देखियो । जापानमा कोरोनाका कारण अहिलेसम्म कुल २ लाख ५२ हजार ३ सय १७ जना संक्रमित भएका छन् । ३७ सय १९ जनाले ज्यान गुमाइसकेका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्