काठमाडौं, २३ पुष । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए । डिएसपी घनश्याम श्रष्ठको रिपोर्टीङका आधारमा तानिएका शर्मालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयले हेड्क्वार्टरलाई लेखेको थियो ।
शर्माले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् । निलम्बन भएका शर्मा वृत्त थानकोटको मुद्दा फाँटमा कार्यरत थिए।