ग्याँसको ट्याक्की लिकेज भएर बि’स्फो’ट हुँदा तीनजना कामदार घाइते

ग्याँसको ट्याक्की लिकेज भएर बि'स्फो'ट हुँदा तीनजना कामदार घाइते

काभ्रेपलाञ्चोक, २४ पुष । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ भैसिपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योग (हिमालण) को भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याक्की लिकेज भएर बि’स्फो’ट हुँदा तीनजना कामदार घाइते भएका छन् ।

शुक्रबार कम्पनीमा काम गरिरहेको समयमा ग्याँस लिकेजहुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । घाइतेमध्ये ग’म्भिर बनेपा–१३ का ५५ बर्षिया लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ ।

बि’स्फो’टमा बनेपा–१३ भैसिपाटीका ७० वर्षीया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् । उनीहरुको पनि शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको तिमल्सिनाले बताए । बि’स्फो’टबारे अ’नुश’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक