प्रधानमन्त्री ओलीले संविधानको बलात्कार गर्नुभयो : झलनाथ खनाल

झलनाथ खनाल

काठमाडौं, २५ पुष । नेकपाका नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई विश्वास गरेर अध्यक्ष र प्रधानमन्त्री दिनु भुल भएको बताएका छन् । राजधानीको एक कार्यक्रममा बोल्दै उनले ओली लुकेर बसेको सर्प भएको तर आफूहरुले समयमै चिन्न नसकेको भन्दै अहिले पछुतो भएको बताए ।

‘केपी ओलीलाई सत्ता कसरी प्राप्त हुन्छ र प्रधानमन्त्री र अध्यक्ष कसरी कब्जा गर्न सकिन्छ भन्नेमा मात्र ध्यान रहेछ‚’ उनले भने, ‘हामीले चिन्न ढिलो गर्‍यौं? पार्टीका केही मानिसले चिन्नुभएको रहेछ तर सबैले चिन्नुपर्ने रहेछ । सर्प लुकेर बसेको हो कि होइन भनेर सबैले चिन्नुपर्ने रहेछ ।’

विश्वासको साथमा अध्यक्ष र प्रधानमन्त्री बनाएको तर देशको यत्रो अभिभारा सुम्पिनु गलत भएको उनले स्वीकारे । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा विपरीत काम गरेको उनले बताए । केपी ओलीले पार्टीलाई भर्‍याङ मात्र बनाएको आ’रोप उनले लगाए ।

पूर्व एमालेबाट एउटा गुटलाई मात्र ओलीले च्यापेको उनको आ’रोप थियो । नेता खनालले प्रधानमन्त्री केपी ओलीले आफैैले हस्ताक्षर गरेको संविधानलाई बला’त्कार गरेको समेत आ’रोप लगाएका छन् । उनले आफैले हस्ताक्षर गरेको र प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएपनि संसद् विघटन गरेर संविधानको बला’त्कार गरेको बताएका हुन् ।

‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बला’त्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नुभयो’, नेता खनालको भनाइ छ ।

‘प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाह बन्ने प्रयास गर्नुभयो’ नेता खनालको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट संविधान बनाएपनि ओलीका कारण समाजवादको लक्ष्यमा सरकार हिँड्न नसकेको बताए ।

समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै उनले यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आ’रोप लगाए ।

पछिल्लो निर्वाचनपछि सरकार बेनपछि केपी ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै लागेको भन्दै समाज परिवर्तनमा कुनै ध्यान नदिएको बताए । ‘आफै आफै मैमत्त, तानाशाह, र निरंकुशजस्तो बन्नुभयो । गुटको क्याविनेट बन्यो । जसले ऐतिहासिक भुमिका निर्वाह गर्न सकेन’, खनालको भनाइ थियो । ओली सरकारले दलालपुँजीवादी कार्यक्रम ल्याएको भन्दै एस म्यानलाई सभामुख बनाएर एमसीसी पास गर्ने योजनामा ओली रहेपनि त्यसलाई आफुहरुले सफल हुन नदिएको बताए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्