२०७२ को संविधानमा संसद विघटन छदै छैन यो अधिकार के.पीलाई कसले दियो ? : कास्की सभापति कृष्ण के.सी

नेपाली काँग्रेस

पोखरा,२५ पुष । नेपाली काँग्रेसको विरोध प्रर्दशन सम्पन्न भएको छ । वर्तमान सरकारलाई खवरदारी गर्न , संसद पुर्नगठन र कम्युनिष्ट सरकारको वर्तमान कार्यशैली र भ्रष्टचारको विरुद्ध आज प्रदेश सभा समिति क्षेत्र नं १,ख को आयोजनामा अमरसिंहमा बिशाल प्रर्दशन भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि कास्की सभापति कृष्ण के.सीले गरेका थिए। उनि भन्छन “ नेपाली काँग्रेसले यो स्थिति आउछ भनेर पहिल्यै भनेको थियो आज देख्नुपर्यो , म कानुनको बिद्यार्थी हैन तर २०७२ को संविधानमा संसद विघटन छदै छैन यो अधिकार के.पी ओलीलाई कसले दियो ?

, नेपाली काँग्रेसका नेताहरु पनि एक दुईजना भ्रष्टचारी छन होला तर खानै परेनी यसरी जनतालाइ रुवाएर अहिलेसम्म केही काम गरेको छैन ,कम्युनिष्ट सरकारको बानी जनतालाई नेहेरी देख्यो कि खायो त्यो प्रविधि छ । चुनावमा जानु हाम्रो रहर हैन अहिले चुनावमा जाँदा हामीले जित्छौ तर हामी संसद पुर्नगठन गर्न चाहान्छौ , संविधानलाई कुल्चिन दिदैनौ।”

कार्यक्रममा स्वागत मन्तब्य नेपाली काँग्रेस पोखरा १० का वडा सभापति निर्मला कार्कीले गरेका थिए भने मन्तब्य नेपाल बिद्यार्थी संघका नेता भानु ढकाल, नेपाली काँग्रेसका ईकाइ सभापति वोध वहादुर कार्की , युवा तरुण दलका नेता राधाकृष्ण तिवारी , काँग्रेसका नेता तथा मादी आठका वडाअध्यक्ष मान वहादुर गुरुङ ,नेपाली काँग्रेसका कास्की सदस्य अनिता तिमिल्सेना , ने. बि. संघ कास्कीका पुर्व सभापति नेपाली काँग्रेसका सदस्य नविन सिग्देल, नेपाली काँग्रेसका पोखरा महानगरका सभापति बजिमया श्रेष्ठ, नेता किशोर दत्त बराल ,बृजमान बराल लगायतले आ ( आफना भनाई राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति कृष्ण कोईरालाको सभापतित्वमा भएको थियो भने संचालन नेपाली काँग्रेसका प्रदेश सचिव सरोज के.सीले गरेका थिए।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्