प्रधानमन्त्री ओलीले राष्ट्रियसभा रोष्टमको भूइँमा थुकेको बिषयले चर्चा बटुल्दै (भिडियो सहित)

केपी ओली Kp Oli

काठमाडौँ, २६ पुष। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने पत्र संघीय संसदलाई पठाएकी हुन्।

राष्ट्रिय सभामा सम्वोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टममा थुकेको कुराले चर्चा कमाएको छ। आज “आइतबार’ राष्ट्रिय सभामा उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका थिए। प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टममा थुकेका हुन् ।

आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाएर राष्ट्रिय सभामा सम्वोधनका लागि प्रधानमन्त्री ओली राष्ट्रिय सभा पुगेका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर