गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आयोजनामा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नि:शुल्क सदस्यता बितरण, स्मार्ट एनआरएन, बिधान तथा नितीनियम सम्सोधन, पञ्जिकृत सदस्यताको लागि मापदण्ड लगायतका बिषयमा भएको अन्तरक्रियामा वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।
‘भर्चुयल जुम’ मार्फत गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले प्रवासमा रहेका गैर आवसिय नेपालीभाषी दाजुभाई तथा दिदिबहिनीहरुलाई धेरै भन्दा धेरै संस्थामा समेट्नु पर्नेमा जोड दिएका थिए । केन्द्रका महासचिव डा.हेमराज शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा करिब दुई दर्जन सहभागीहरुको उपस्थिती रहेको थियो ।
नेपालीहरु जुन देशमा रहेपनी उनिहरुलाई कसरी उद्यम्शिल बनाउन सकिन्छ भन्ने तर्फ पनि एनआरएनएले सोच्नु पर्ने बेला आएको कार्यक्रमका वक्ता एवम पूर्व आइसिसी सदस्य तथा संरक्षक मिन बहादुर जिशीले बताए ।

त्यस्तै नेपाली भाषालाई नै अपनाएर नेपाली संस्कृतिलाई माया गर्ने भुटानी, तिब्बती, बर्मेली नागरिकहरुलाई पनि संस्थामा समेट्न जरुरी रहेकोमा अर्का वक्ता तथा पूर्व कार्यसमिती सदस्य अजय उप्रेतीले जोड दिए । कार्यक्रममा मिन बहादुर जिशी, अजय उप्रेती, निर्मल अर्याल, घनश्याम पौंडेल, एकबहादुर मल्ल, भक्त वाग्ले, हरिहर अर्याल लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
एन.आर.एन.ए फ्रान्सका महासचिब मिन श्रेष्ठले संचालन गरेको कार्यक्रममा उदयराज पाण्डे र अनीश त्रिपाठीले प्राबिधिक रुपमा साथ दिएका थिए । नरेन्द्र शाही ठकुरिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सकी उपाध्यक्ष गीता खनाल थापाले दिएकी थीइन ।