काठमाडौं, २८ पुष। विभिन्न संचार सम्बद्ध संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार÷संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनु पर्ने बताए।
आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका लागि तयारी थाल्नु पर्नेमासमेत जोड दिएका थिए । सोमबार राजधानीको संवाद डबलीमा भएको ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री केपी ओलीले मुलकलाई पछाडि धकेलेकाले उनको अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलित हुनुपर्ने बताए।