हेटौडा, २८ पुष। रिगल हेटौडा रिसोर्ट प्राईभेट लिमिटेडका चेयरम्यान बिनोद कुमार बमजनले ब्याडमिन्टन खेलाडीहरुलाई केल्मे ब्रान्डको २५ थान ट्राउजर प्रदान गरेका छन् । ब्याडमिन्टन खेलाडी समेत रहेका बमजन विभिन्न समाज सेवामा समेत कार्यरत छन् ।
उनले समाज सेवाका साथै विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आईरहेको ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदीप योञ्जनले जानकारी गराए । यस अघि आईतबार मात्रै सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुका लागि २५ थान केल्मे ब्रान्डको ज्याकेट प्रदान गरेका थिए ।