फिल्मको कहानी सुनाउनका लागि फिल्म निर्देशक कैयौं दिनदेखि शाहरुख खानको बंगला बाहिर डेरा जमाउंदै

शाहरुख खान

किङ र बादशाह जस्ता नामले चर्चित बलिउड सुपरस्टार शाहरुख खान संसारभरीका थुप्रै प्रशंसक छन् । आफूलाई मनपर्ने स्टारको झलक पाउनका लागि प्रशंसक उनको घरबाहिर घण्टौं उभिने गर्छन् तर एक फिल्म निर्देशकले शाहरुख खानको बंगला मन्नत बाहिर डेरा नै जमाएका छन् ।

फिल्मफेयरको एक रिपोर्ट अनुसार शाहरुख खानलाई आफ्नो फिल्मको कहानी सुनाउनका लागि बेंगलुरुका एक फिल्म निर्देशक उनको बंगला मन्नत बाहिर बसिरहेका छन् । यी युवा फिल्म निर्माता सोसल मिडियामा नियमित रुपमा भिडियो र फोटोसहित यसबारे अपडेट दिइरहेका छन् ।

शाहरुख खानका थुप्रै प्रशंसकले सोसल मिडियामा फिल्म निर्देशकको पोस्ट सेयर गरिरहेका छन् ताकि उनी शाहरुखसम्म पुग्न सकून् र उनको फिल्म बनाउने सपना पूरा हुन सकोस् । युवा फिल्म निर्माता शाहरुखको प्रतिक्षा गर्दै समुद्र किनारामा आफ्नो समय बिताइरहेका छन् ।

कामको कुरा गर्नुपर्दा शाहरुख खान सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ मा देखिनेछन् । यो फिल्ममा उनीसँग दीपिका पादुकोण, शाजी चौधरी, जोन अब्राहम र डिम्पल कपाडियाको भूमिका रहनेछ । यसबाहेक शाहरुख खान राजकुमार हिरानी, एटली कुमार र राज–डीकेको फिल्ममा पनि काम गर्नेछन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्