‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुँदै, भारतमा पनि प्रदर्शन गरिने

लप्पन छप्पन २

आगामी फागुन २७ गते रिलिज मिति तोकिएको नेपाली फिल्म ‘लप्पन छप्पन २’ नेपाली भाषा सहित चार भाषामा रिलिज हुने भएको छ। यो फिल्म नेपालीका अलवा हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुने भएको हो।

फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक मुकुन्द भट्टले फिल्म चार भाषामा रिलिज हुने बताएका हुन्। उनले मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने जानकारी दिए। उनले नेपालका अलवा भारतमा पनि फिल्म प्रदर्शन गरिने र त्यसको तयारी भइरहेको जानकारी दिए।

लप्पन छप्पन २

फिल्म नेपाली भाषामा हलमा प्रदर्शनमा आउनेछ भने भारतको ओटीटीमा रिलिज गर्ने तयारी निर्माण युनिटले गरेको छ । एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदीपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन्।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित वन्तले अभिनयमा डेब्यू गर्दैछन् । पुरुषोत्तम प्रधानको छायाँकन, मुकन्दको पटकथा र संवाद रहेको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् । दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException