हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं: प्रधानमन्त्री

KP-Oli-pm

काठमाडौं, २८ पुष । प्रधानमन्त्री केपी ओलीले कसैबाट पनि आफु निर्देशित नहुने बताएका छन्। भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तर्वार्तामा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसद विघटन भएपछि नेकपा पार्टी फुटेको अवस्थामा चिनले देखाएको सक्रियताकाे बारेमा ओलीलाई प्रश्न गरेपछि ओलीले भने ‘हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं पनि। हामी स्वायत्तता र स्वतन्त्रतालाई प्रेम गछौं’ । तर हाम्रो चीनसँगको सम्बन्ध राम्रो रहेको भन्दै सीमा विवाद पनि नरहेको ओलीले स्पष्ट पारे ।

तर, आफु तीन देशबीच समझदारी कायम गर्न मध्यस्थताका लागि तयार रहेको ओलीको भनाइ थियो । ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आएको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्