चीनमा २ करोड ८० लाखभन्दा धेरै जनसंख्या होम क्वारेन्टाइनमा, चारवटा शहरमा लकडाउन

चीनमा संक्रमण

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारी अनुसार चीनमा मङ्गलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मङ्गलबार भेटिएका ११५ सङ्क्रमित मध्ये १०७ जना स्थानीय स्तरमै आपसमा सङ्क्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् । चीनले निको भएका बिरामी माथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

मङ्गलबार भेटिएका स्वदेशी सङ्क्रमितहरु मध्ये ९० जना उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ ।

चीनका चारवटा शहरमा लकडाउन:
चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै भेटिएका छन् । यद्यपि, उत्तरपूर्वी चीनको प्रान्तमा पनि नयाँ संक्रमण वृद्धी भएको देखिएको छ । भाइरसको अर्को लहर आउनसक्ने भयपछि चीनमा २ करोड ८० लाखभन्दा धेरै जनसंख्या होम क्वारेन्टाइनमा छन् ।

नेशनल हेल्थ कमिसनका अनुसार मेनल्यान्ड चाइनामा कुल १ सय १५ वटा नयाँ संक्रमणका घटना देखिएका छन् । ३० जुलाईपछि सर्वाधिक यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो । कमिसनका अनुसार नयाँ संक्रमण मध्ये १ सय ७ वटा घटना स्थानीय संक्रमणका हुन् । बेइजिङ नजिकैको हिवेई प्रान्तमा ९० र हेइलङजियाङ प्रान्तमा १६ वटा नयाँ केश दर्ता भएका छन् ।

विश्व स्वास्थ संगठनका अनुसन्धानकर्ताहरुको टोली कोरोनाको उद्गम थलो खोज्ने क्रममा चीनको उहान सहर आउने तय भएका बेला संक्रमितहरुको संख्या पनि बढ्दै गएको हो । उहानमा २०१९ मा पहिलो पटक कोभिड १९ देखिएको थियो ।

रोकथामको उपाय:
हिवेईस्थित तीन शहरहरु सिजियाजुआङ, सिङताई र ल्याङफाङ लकडाउनमा छन् । भाइरसलाई थप फैलनबाट रोक्नका लागि शहरलाई लकडाउन गरिएको हा । हेइलोङजियाङ प्राप्तमा बुधबार कोभिड १९ आपतकाल घोषणा भएको छ । सुईहुवा शहरमा ५२ लाख जनसंख्या लकडाउनमा छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्