निर्वाचन आयोगको कानून महाशाखा प्रमूख सहसचिव गौतमको सरुवा

निर्वाचन आयोग

काठमाडौं, २९ पुस । निर्वाचन आयोगको कानून महाशाखा प्रमूख समेत रहेका सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा भएको छ । कार्यभार सम्हालेको १० महिनामै गौतमको सरुवा भएकाले आयोगको नियतमाथि प्रश्न उठाइएको छ । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई नियुक्ति गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले सहसचिव गौतमको सरुवा गरेको हो । पछिल्लो समय नेकपा वि’वादको मुद्धा हेरिरहेका गौतमलाई बालुवाटारबाट पटक पटक पार्टीको नाम र चुनाव चिन्ह्र ओली समूहलाई दिनुपर्ने धम्की आइरहँदा पनि गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने भन्दै आएका कारण उनलाई सरुवा गरिएको आयोगका एक कर्मचारीले जानकारी दिएका छन ।

‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’ यता मंगलबार राति नेकपा प्रचण्ड–माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईको ट्वीट गरेका छन । उनको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोग सहित अन्य संवैधानिक निकायमा सेटिङ मिलाएको संकेत गरिएको बुझिन्छ ।

गौतमको सरुवा कानुन आयोगमा गरिएको हो । यस्तै सर्वोच्च अदालतमा पनि कानुनविद्हरुले संवैधानिक इजलास तोकिएकोमा विरोध गर्दै आएका छन् भने उनीहरुले प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई वृहत् पूर्ण इजलासबाट हुनुपर्ने माग गर्दै आएका छन् । यस्तै ओलीको प्रभाव अदालतमा देखिएको समेत टिप्पणी हुँदै आएका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्