वडाध्यक्ष पुन पक्राउ

पक्राउ

बाग्लुङ, २९ पुष । बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्या’न मा’र्ने उद्योगमा संलग्न भएको आ’रोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतमा ज्या’न मा’र्ने मु’द्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कु’टपि’टको घ’टनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनी वि’रुद्ध प्रहरीमा जा’हेरी दिएका थिए ।

विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झ’गडा हुँदा केही स्थानीय घाइते भएका थिए । घ’टनाको विषयमा अनु’सन्धा’न भइरहेको प्रहरीले जनाएको छ । पुरानो मु’द्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्