इन्डोनेशियामा भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु

मृत्यु

इन्डोनेशियाको सुलावेसी टापूमा स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । भवनहरु भत्कँदा ६ सय जनाभन्दा धेरै घाइते भएको अधिकारीहरुले बताएका छन् ।

यस भूकम्पको केन्द्रविन्द्रू मेजीन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछि कम्तिमा १५ हजार जनाले घर छाडेका छन् । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएका छन् ।

अहिलेसम्म मामुजुमा कम्तिमा २६ जना तथा पश्चिमी सुलावेसीमा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ‘यो संख्या बढ्न सक्छ । तर नबढोस् भन्ने हाम्रो कामना छ । धेरै मृतकहरुलाई भग्नावेशषमै पुरिदैंछ,’ मामुजु विपद् व्यवस्थापन एजेन्सीका अली रहमानले भने ।

अनलाईनमा पोस्ट गरिएका तस्विर र भिडियोले क्षतिग्रस्त भवन र ध्वस्त संरचनामा पुरिएकाहरुको अवस्था देखाउँछ । भूकम्पका कारण विद्युतको आपूर्ति बन्द भएको तथा पश्चिम सुलावेसीस्थित एक होटल र गर्भनरको कार्यालयमा ठूलो क्षति भएको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist