कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

कोभिसिल्ड

काठमाडौं, २ माघ । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको हो ।

विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको सूचना अधिकारी सन्तोष केसीले रातोपाटीलाई जानकारी दिए । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।

‘कोभिसिल्ड’, अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । विभागका प्रवक्ता सन्तोष केसीका अनुसार हुकुम डिस्ट्रिब्युटर्सले ‘कोभिसिल्ड’लाई आपतकालिन् प्रयोगको लागि दर्ता गरेको हो ।

सेरम इनिस्च्युटको खोपले औषधि ऐन २०३५ (तेस्रो संशोधनसहित)को दफा ९ क का आधारमा आपतकालीन प्रयोगको अनुमति पाएको हो । उक्त दफामा विभागमा दर्ता हुने खोप विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाई दर्ता गर्न सकिने भनेको छ ।

यससँगै अब नेपालमा खोप ल्याउन बाटो खुल्नेछ । ‘अब खोपको विषयमा अन्य लजिस्टि पाटोहरुको काम सुरु हुनेछ’ प्रवक्ता केसीले अनलाइनखबरस्ँग भने, ‘यो दर्तासंगै अब सरकारले जिटूजी सम्झौता वा खोप बुक गर्न सक्नेछ ।’

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्