मोटोपन घटाउन चाहनु हुन्छ ? अपनाउनुस यी उपायहरु :

weight lose

मानिसमा आजभोलि खानपान गर्ने शैली परिवर्तन भएको छ। खानपानमा आएको परिवर्तनसँगै रोग लाग्ने सम्भावना पनि बढ्दै गएको पाइन्छ । खानेकुराका कारण मोटोपन बढ्ने समस्याबाट पनि धेरैलाई सताएको पाइन्छ । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि गुज्रिरहेका हुन्छन् । त्यसैले तौललाई सन्तुलनमा राखेर स्वस्थ र फिट हुन जरुरी छ ।

घिउकुमारीको जुस
घिउकुमारीको जुस थुप्रै प्रकारका रोगको औषधिको रुपमा लिइन्छ । यसले शरीरमा जम्मा भएका बोसोलाई सजिल्यै बाहिर निकाल्छ । यो बजारमा पनि सजिल्यै पाइन्छ । घरमा पनि घिउकुमारीको विरुवा सजिल्यै उमार्न सकिन्छ । घिउकुमारीको पातलाई काटेर भित्रको भाग निकाल्ने र एक गिलास पानीमा मिलाएर सुत्नुअघि पिउने गर्नुपर्छ ।

बेसार दुध
दुधमा बेसार मिसाएर पिउँदा विभिन्न प्रकारका भाइरल र इन्फेक्शनबाट बचाउँछ । साथै, यसले तौल कम गराउँछ । बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई सफा गर्छ । र दुधले तौल नियन्त्रण गर्छ ।

मेथीको पानी
तौल घटाउनका लागि सबैभन्दा पहिलो उपाय मेथीको पानी हो । हरेक रात सुत्नुभन्दा पहिले भिजाएको मेथीको पानी पिउनुपर्छ । यसले शरीरलाई फिट राख्न मद्दत गर्छ । र, पूरै शरीरलाई डिटोक्स पनि गराउँछ । यसका लागि एक गिलास पानीमा एक चम्चा मेथी ३ देखि ४ घण्टा भिजाउने र उक्त पानीलाई छानेर सुत्नुअघि पिउने गर्नुपर्छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist