काठमाडौँ, ०३ माघ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा १४ वर्षीय किशोरले साढे २ बर्षीय बालिकामाथि बला’त्कार गरेको प्रहरीले जनाएको छ। बला’त्कारमा संलग्न किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आ’रोपी कि’शोरलाई अदालतबाट पाँच दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।
प्रहरीका भनाई अनुसार काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बला’त्कार गरेको हो । गत सोमबार बालिका बला’त्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले घ’टनामा संलग्न किशोरलाई पक्राउ गरेको थियो ।
बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार अपराधमा संलग्न बालबालिकालाई नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा राख्न पाइँदैन। तदनुसार बालबालिकालाई निगरानी कक्षमा राखेर बालमनोविज्ञको परामर्श दिईने जनाइएको छ।