अन्नपुर्ण ५ झोबाङ्ग पोखरा सम्पर्क समाजद्धारा ६४ युनिट रगत सङ्कलन

अन्नपुर्ण ५ झोबाङ्ग पोखरा सम्पर्क समाजद्धारा ६४ युनिट रगत सङ्कलन

मनोज नेपाली ‘मनु’ पोखरा, ३ माघ अन्नपुर्ण ५ झोबाङ्ग पोखरा सम्पर्क समाजद्धारा खुल्ला रक्तदान कार्यक्रम ससम्पन्न भएको छ ।‘रक्तदान जिवनदान जिवनदान महादान’ भन्ने मुल उद्घोषका साथ सुदिप पोैडेलको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रमबाट ६४ युनिट रगत सङ्कलन गरेको जनाइएको छ ।

रेडक्रस सोसाइटि कास्किका उप-सभापति डण्डराज पोैडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा युवाहरुको सहभागिता उत्साह जनक रहेको थियो । संस्थाका क्रियाशिल सदस्य प्रेम पोैडेलले पहिलो स्वागत मन्तब्य दिदै भर्खर जन्मदै गरेको संस्थालाई हामी सबैले राम्रोसँग संरक्षण गरि बढाउनु पर्छ भन्दै सबैलाई अपिल गरेका थिए ।

त्यस्तै, बिशेष अतिथि शुक्रराज शर्मा, दामोदर पोैडेल, अर्जुन के.सी, प्रेम पोैडेल, चन्द्र के.सी, महदत्त पोख्रेल, अन्जु के.सी लगायतका अन्य अतिथिद्वारा कार्यक्रमको प्रसशां गर्दै शुभकामना दिइएको थियो । प्रमुख अतिथिद्वारा पहिलो रक्तदाता सल्यान (साबिक)का युवा गोबिन्द पोैडेललाई बल्ड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रथम पटक रक्तदान गर्ने युबा देखि १९औँ पटक रक्तदान गर्ने कास्किकोट २४ का भरत सुबेदिसम्मको उत्साहजनक उपस्थिति रहेको थियो भने सन्जय पौडेलले कार्यक्रम सन्चालन गरेका थिए ।

अन्नपुर्ण ५ झोबाङ्ग पोखरा सम्पर्क समाजद्धारा ६४ युनिट रगत सङ्कलन
अन्नपुर्ण ५ झोबाङ्ग पोखरा सम्पर्क समाजद्धारा ६४ युनिट रगत सङ्कलन

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक