ह्वाटसएपको च्याट बहिरियो, पाकिस्तानमा गरिएको एयरस्ट्राइकबारे अर्नबलाई पूर्व जानकारी

अर्नब गोस्वामी

बालकोट एयरस्ट्राइकको बारेमा रिपब्लिक टिभीका एडिटर इन चीफ अर्नब गोस्वामीलाई पहिलेदेखि नै थाहा थियो । यो दाबी अल्ट न्यूजका कोफाउन्डर प्रतीक सिन्हाले गरेका हुन् । उनले सामाजिक सञ्जालमा एक ह्वाटसएप च्याटको स्क्रिनसट शेयर गरेका छन् ।

सर्वोच्च अदालतका वकिल प्रशान्त भूषणले पनि आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै पुलवामा हमलामा ४० जवान शहीद हुँदा अर्नबले त्यसको खुसियाली मनाएका थिए । अर्नबलाई बालाकोट स्ट्राइकको जानकारी पनि तीन दिन अघि नै मिलेको थियो । अर्नबलाई कश्मीरमा आर्टिकल ३७० हटाउनेबारेमा पनि पहिले नै जानकारी थियो ।

समाजिक सञ्जालमा सेयर गरिएको च्याटको स्क्रिनसट अर्नब र बार्कका पूर्वप्रमुख पार्थो दासगुप्ताबीच सन् २०१९ मा भएको हो । यसलाई मुम्बई प्रहरीको क्राइम ब्राञ्चसँग भएको ५ सय पृष्ठ लामो ह्वाटसएपको च्याटको हिस्सा भएको बताइएको छ । टीआरपी घोटालाको जाँच गरिरहेको मुम्बई क्राइम ब्रान्चले हालैमात्र ३६०० पानाको सप्लीमेन्टरी चार्जशीट मुम्बई हाइकोर्टमा बुझाएको छ । यसको पेज नम्बर १९९४ देखि २५०४ सम्म अर्नब र दासगुप्ताबीच भएको ह्वाटसएपको च्याटको बारेमा उल्लेख छ ।

मिडियामा च्याट लिक भएपछि सहायक प्रहरी आयुक्त सचिन वजेले उक्त च्याट हाइकोर्टमा दाखिल गरिएको सप्लीमेन्टरी चार्जशीटको हिस्सा भएको स्वीकार गरेको छ । तर यो मिडियासम्म कसरी पुग्यो भन्ने उनीसँग जानकारी छैन । प्रतीक सिन्हाले शेयर गरेको अर्नब र बार्कका पूर्व सिइओ बीच भएको च्याटको स्क्रिनसटमा अर्नबले स्ट्राइक गरेर चुनाव जितिने उल्लेख गरेका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्