नर्वेमा कोरोना विरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

मृत्यु

नर्वेमा कोरोना विरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।

अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो । मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेका छन् । नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताए ।

घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिए । यता फाइजरले भने घटनाबारे नर्वे मेडेसिन एजेन्सीसंगको समन्वयमा अनुस’न्धान भइरहेको जनाएको छ । नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ । नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय ४५ रहेका छन् भने ५ सय १७ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको भ्याक्सिन दिइयो

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो ।

भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ । मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको लक्षण देखिएको छ ।

मिडिया रिपोर्ट अनुसार यी मानिसहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ । अधिकारीले खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्या आएपनि त्यो ठिक पारिएको जानकारी दिए । केन्द्र सरकारको योजना अनुसार सुरुमा सरसफाईकर्मी, डाक्टर र नर्सलाई कोरोना भ्याक्सिन दिइएको छ । जसले अग्रपंक्तिमा बसेर महामारी विरुद्ध मोर्चा सम्हाले उनिहरुलाई नै पहिलो प्रथामिकता दिएको जनाइएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्