भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको भ्याक्सिन दिइयो

कोरोना बिरुद्ध खोप

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो ।

भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ । मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको लक्षण देखिएको छ ।

मिडिया रिपोर्ट अनुसार यी मानिसहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ । अधिकारीले खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्या आएपनि त्यो ठिक पारिएको जानकारी दिए । केन्द्र सरकारको योजना अनुसार सुरुमा सरसफाईकर्मी, डाक्टर र नर्सलाई कोरोना भ्याक्सिन दिइएको छ । जसले अग्रपंक्तिमा बसेर महामारी विरुद्ध मोर्चा सम्हाले उनिहरुलाई नै पहिलो प्रथामिकता दिएको जनाइएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्