काठमाडौं, ४ माघ । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एक र साउथ अफ्रिकामा एक जनाको मृत्यु भएको हो । योँगै विदेशमा कोरोना भाइरसबाट विदेशका २० मुलुकमा ३१९ नेपालीको मृत्यु भएको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५२ हजार ९४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।