नुवाकोटबाट अ’वैध रूपमा लैजान लागिएको काठ सहित सात जना पक्राउ

arrest

नुवाकोट, ५ माघ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अ’वैध रूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठ सहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अ’वैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठ सहित काठ बोक्ने गाडी र संलग्न सात व्यक्ति पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोष्ट कोल्पुटारबाट खटिएको प्रहरीले अ’वैध काठ ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोट मार्फत डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ । काठ ओसारपसारमा प्रयोग भएको प्रदेश नं ३ उल्लेखित ०१–०२४ च ४२७० नंको बोलेरो गाडी र संग्लग्न व्यक्तिलाई वन ऐनअनुसार कार’वाही चलाउन लागिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

वन कार्यालयको अनुमति नभई ओसारपसार गर्न नपाइने व्यवस्था भएको र रातको समयमा लुकाई लैजान लागेको काठ अवैध पाइएसँगै उनीहरुलाई जिल्ला अदालत नुवाकोट मार्फत कारवाही अघि बढाउन लागिएको कार्यालयका सूचना अधिकारी तुलाराम घिमिरेले जानकारी दिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्