ललितपुरमा एक दम्पती मृ’त अवस्थामा फेला

मृत्यु

काठमाडौं, ६ माघ । ललितपुरमा एक दम्पती मृ’त अवस्थामा फेला परेको छ । ललितपुरको चाँगाथलीमा सप्तरीको राजबिराज नगरपालिका ३ का ३२ वर्षीय सागर पोखरेल र उनकी २० वर्षीया श्रीमती निर्मला खनाल (पोखरेल) मृ’त अवस्थामा फेला परेका हुन् ।

उनीहरु बाबु आमासहित रमेश खड्काको घरको भुई तलामा फ्ल्याट भाडामा बस्दै आएका थिए । भित्रबाट लक गरिएको कोठामा उनीहरुको शव भुँइमा लडिरहेको अवस्थामा फेला परेको हो । शव नजिकै एउटा भाँडोमा बान्ता गरेको र सेल्फस नामक बिषादीको २ वटा खाली बट्टासमेत फेला परेको छ ।

उनीहरु चार वर्षदेखि उक्त फ्ल्याटमा आमाबुबासँग बस्दै आएका थिए । मृतकका आमाबुबा केही दिनदेखि छोरीको घर गएको समयमा उनीहरुले आ’त्मह’त्या गरेको हुनसक्ने प्रारम्भिक अ’नुस’न्धान रहेको छ । उनीहरु आइतबार रातिसम्म आमाबुबासँग फोन सम्पर्कमा थिए । तर बिहान सम्पर्क हुन छोडेको प्रहरीले बताएको छ । सम्पर्क हुन नसकेपछि घरबेटीलाई खबर गरिएको थियो । घरबेटीले झ्यालबाट हेर्दा भित्र उनीहरु लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृ’त पुरुष भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए । उनीहरुको गत वर्षको फागुनमा विवाह भएको थियो । प्रहरीले घट’ना स्थलबाट सु’साइ’ड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन । उनीहरुको मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अ’नुस’न्धान सुरु गरिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्