१ सय ३१ देशमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलिंदै, १३ देशमा छैनन् कोरोना बिरामी

विश्वभर कोरोना संक्रमितको संख्या

संसारका केही देशमा कोरोना रोकथामका लागि खोप कार्यक्रम चलिरहेको छ । यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले आफ्नो साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको छ, जसअनुसार विश्वका १३ देश र आइल्यान्ड (टापू) अहिले कोरोना मुक्त भइसकेका छन् । यहाँ अहिले कोरोनाको कुनै पनि केस छैन ।

यद्यपी, विश्वका १ सय ३१ देशहरुमा कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिसकेको छ । यो चिन्ताको विषय हो । अमेरिका, पाकिस्तान, ब्राजिल, बेलायत, फ्रान्स लगायतका धेरै देशमा स्थानीयस्तरमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

जनवरीमा सबैभन्दा धेरै संक्रमित
संसारमा खोप लगाउने कार्य सुरु भएपनि कोरोनाको खतरा समाप्त भइसककेो छैन । कम्तिमा अहिलेको आँकडाले यही देखाउँछ । जनवरीका १८ दिनमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् र मृत्यु संख्या पनि बढेको छ । ८ जनवरीमा संसारमा सबैभन्दा धेरै ८ लाखभन्दा धेरै संक्रमित भेटिए । यसअघि एकैदिन यति धेरै बिरामी कहिल्यै देखिएका थिएनन् । त्यस्तै १३ जनवरीमा एकैदिन सबैभन्दा धेरै १६ हजार ५ सय ३७ जनाको मृत्यु भयो ।

अहिलेसम्म ९ करोड ६० लाखमा संक्रमण
संसारभर अहिलेसम्म ९ करोड ६० लाखभन्दा धेरै जनसंख्या संक्रमित भइसकेको छ । यसमध्ये ६ करोड ८६ लाखजना निको भइसकेका छन् । संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिले २० लाख ४९ हजारभन्दा धेरै पुगिसकेको छ । २ करोड ५३ लाख बिरामी यस्ता छन्, जसको उपचार चलिरहेको छ । वल्र्डोमिटरका अनुसार यसमध्ये ११ लाख २० हजारको अवस्था गम्भिर छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा छन् । यहाँ २ करोड ४६ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । ४ लाख ८ हजार ६ सय २० जनाले ज्यान गुमाइसकेका छन् । दोस्रो नम्बरमा भारत आउँछ ।

यहाँ, १ करोड ५ लाखभन्दा धेरै जनसंख्यामा संक्रमण छ । १ लाख ५२ हजार ५ सय ९३ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा ८५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ लाख १० हजार ३ सय २८ जनाले ज्यान गुमाइसकेका छन् । रुसमा ३५ लाखभन्दा धेरै, बेलायतमा ३४ लाखभन्दा धेरै, फ्रान्समा २८ लाखभन्दा धेरै, टर्कीमा २३ लाखभन्दा धेरै, इटलीमा २३ लाखभन्दा धेरै, स्पेनमा २२ लाखभन्दा धेरै र जर्मनीमा २० लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिइसकेको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist