नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको निधन

ह'त्या मृ'त्‍यु

काठमाडौं, ६ माघ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गर्नुभएकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेको आश्रमले जनाएको छ । त्यहाँ घिमिरेको नेतृत्वमा ३३ रोपनी क्षेत्रफलमा नौतले विन्ध्यवासिनी मन्दिरसहित आश्रम बनिरहेको छ ।

विश्वमा शीतयुद्ध चलिरहेका बेला विसं २०४३ अघि घिमिरेले विन्ध्यवासिनीमा वैदिक विधिअनुसार ११ जना ब्राह्मणबाट एक महिनासम्म यज्ञ गराएका थिए । महायज्ञका लागि पशुपतिनाथबाट पोखरासम्म उनी पैदल यात्रा गरेका थिए । महायज्ञ सकेर घिमिरे पोखराबाट काठमाडौँ पनि पैदल यात्रा गर्दै आएका थिए । शीतयुद्धबाट विश्व शान्तिका लागि त्यो महायज्ञले योगदान गरेको विश्लेषण त्यसबेला गरिएको थियो । विसं २०४३ मा संयुक्त राष्ट्र सङ्घले समेत शान्ति वर्षका रूपमा घोषणा गरेको थियो ।

विश्व शान्ति अभियानमा उनको महत्वपूर्ण योगदान रहेको विन्ध्यवासिनी आध्यात्मिक सङ्घका पूर्वाध्यक्ष केशवप्रसाद चौलागाइँले जानकारी दिए । विसं २०४५ मा उनले पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको पदयात्रा गरेका थिए। विसं २०४८ मा मुक्तिनाथबाट कन्याकुमारीसम्मको पैदलयात्रा पनि उनले सम्पन्न गर्नुभएको सङ्घले जनाएको छ ।

कन्याकुमारीबाट हिमालयसम्मको क्षेत्रलाई आर्यावर्तका रूपमा वैदिक शास्त्रमा व्याख्या गरिएको छ । विसं २०६१ मा उनले देशमा जारी द्वन्द्व अन्त्यका लागि सङ्घको कार्यालय सतुङ्गलमा गणपति महायज्ञसमेत आयोजना गरेका थिए । साधक घिमिरेले यज्ञ र पदयात्रामा भारतवर्षमै श्रेष्ठता कायम गर्नुभएको जनाइएको छ ।

उनको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । बनारसमा साधनाका लागि बस्दा उनी नेपाली बाबाका नामले चिनिएका थिए । त्यसपछि उनी नेपाली बाबा उपनामले प्रख्यात भएका हुन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist