बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय अझै बेपत्ता, साइकल मात्र फेला

बेपत्ता

कञ्चनपुर, ७ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालकी ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए । “खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ,” उनले भने ,“महिलाको खोजी भइरहेको छ महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्