उदय भट्टराईको शब्द तथा लय सिर्जना रहेको ‘किन माया लाउँछ’ बोलको गीत सार्वजनिक भएको छ । गायक खेम सेञ्चुरी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको ‘किन माया लाउँछ’ लाई उदय भट्टराईको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
‘धागो राम्रो घुम्ने चर्खाको’, ‘कति मीठो बोली’, ‘पाइलै पिच्छे जरो खन्छ्यौ रे’, ‘यो बैंशमा रुन प¥याछ’, ‘धोकै दिएयौ नि’ लगायतका गीतहरूका सर्जक संगीतकार एवम् गीतकार भट्टराईको ‘किन माया लाउँछ’ आएलगत्तै चर्चा बटुल्न सफल भएको छ ।
भिडियोका निर्देशक विनोद भण्डारी हुन् । छायाँकन करण चैंसिरले गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका हुन् । म्युजिक भिडियोमा ओबी रायमाझी, रोशनी कार्की र ईश्वर बिकको अभियन रहेको छ ।
गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :