बिगत लामो समय देखि सांगीतिक छेत्रलाई आफ्नो कर्मछेत्र बनाउदै आएका नारायण भट्टराईले दियान मिडियाको प्रस्तुतिमा पुन: अर्को लोक दोहोरी गीत “फूल दिएर गयो मायाले” सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।
गायक नारायण भट्टराईको लय तथा शब्द सृजना रहेको गीतमा नारायण भट्टराइको आवाज संगै दीपिका जेनीले आवाज भरेकी छन्। दीपिका भन्छिन नेपालि सांगीतिक छेत्रमा, आधिकारिक रुपले आफैले गाएको गीतमा आँफै मोडलिङ्ग गरेको यो मेरो पहिलो गीत हो। कृष्ण बि.क (भान्जा) को संगीत संयोजन रहेको गीतको रेकर्डिङ्ग मालश्री स्टुडियोमा भएको हो।
निशान एस.केको निर्देशन,सम्पादन तथा अभिनय रहेको उक्त गीतको भिडियोमा निशान सँगै दिपिकाको पनि अभिनय देख्न सकिन्छ, दिपक गिरिले छायांकन गरेको भिडियोको सम्पादन पनि निशान एस.केले नै गरेका छन्।