अहिलेको आवश्यकता प्रचण्ड मुक्त पार्टी र प्रचण्डमुक्त देश हो : मन्त्री प्रभु साह

प्रभु साह

रौतहट, ११ माघ । सहरी विकास मन्त्री प्रभु साहले अहिलेको आवश्यकता प्रचण्ड मुक्त पार्टी र प्रचण्डमुक्त देश भएको अभिव्यक्ति दिएका छन् । तत्कालिन माओवादी द्वन्द्वकालदेखि नै ३० वर्ष पार्टीको अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरंकुश भइसकेको मन्त्री साहले जिकिर गरेका हुन् । उनले पटक–पटक बोली फेर्ने प्रचण्ड प्रतिगमनकारी र प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनकारी रहेको टिप्पणी गरेका हुन् ।

कुनै पनि काम अगाडी बढाउने उद्देश्य बोकेकाहरु अग्रगमनकारी र कुनै बहानामा काम अवरुद्ध गर्ने तत्त्व प्रतिगमनकारी भएकाले प्रचण्ड नेपाल समुह प्रतिगमनकारी र प्रधानमन्त्री ओली समुह अग्रगमनकारी रहेको मन्त्री साहले स्पष्ट पारेका थिए । गृहजिल्ला रौतहटको सदरमुकाम गौर स्थित क्षेत्र १ को नेकपा ओली निकट अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै तत्कालिन माओवादी जनयुद्ध कालदेखिनै प्रचण्डले पटक–पटक बोली फेरेर मधेशीलाई झुक्याएको उनले आ’रोप लगाएका थिए ।

‘नेपाली जनताले स्थिर सरकार र देशको विकासको निमित्त नेकपालाई झण्डै दुई तिहाईको बहुमत दिएर जिताएका थिए । तर केहीनेता पदको लुलुप्ता र आफनो स्वार्थको निमित्त ३ वर्षको अवधिमा झण्डै ७० वटा भएको बैठकमा कहिल्यै समृद्धि र विकासको बारेमा कुरो गरिएन । मात्र प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने दाउमा देशलाई बन्दी बनाइयो,’ उनले भने ।

यस्तै उनले माधव नेपालको समेत चर्को आलोचना गरेका थिए । ५ वर्षमा हुने पार्टीको महाधिवेशनमा पराजित भएका माधव नेपाल विभिन्न जालझेल गरेर प्रधानमन्त्री बनेको र अहिले कथित अध्यक्ष बनेको उनको भनाइ छ । यस्तै चरित्रको कारण रौतहटका जनताले नेता नेपाललाई उनको औकात देखाइसकेको र अहिले फेरि उनकै कारण पुरै जिल्ला बदनाम भइरहेको मन्त्री साहले बताएका थिए ।

देशलाई समृद्ध बनाउने लक्ष्यका साथ अगाडी बढेका प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउन अहिले केही नेताहरु लागिपरेको बताए । अदालत माथि बिश्वास नगरेर अहिले गाउँ– गाउँका जनतालाई काठमाँडौ लगेर प्रधानन्यायाधीशलाई घुर्की देखाउन खोजेको मन्त्री साहले आ’रोप लगाए । उनले निर्वाचनमा जनतामाझ जान नेताहरुलाई चुनौती पनि दिए । सोही अवसरमा नेकपा कार्यकर्ताहरुले मन्त्री साहलाई ५१ किलोको माला लगाएर स्वागत गरेका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्