भारतमा खोप लगाउन मानिस डराएपछी…

भारतमा १६ जनवरीबाट विश्वकै सबैभन्दा ठूलो कोरोना खोप अभियान सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्य तथा फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाइदैछ । ८ दिनमा १५.३७ लाख जनालाई खोप लगाइएको छ । यो लक्ष्य अनुसार ६४ प्रतिशत मात्र हो । यसको प्रमुख कारण खोपको साइडइफेक्ट र त्यसबारे जोडिएको डर रहेको छ ।

भारतमा हालसम्म ६ सयभन्दा बढीलाई खोपको साइडइफेक्ट देखिएको छ । केही राज्यमा खोप लगाएपछि मृत्यु भएको खबर पनि आएको छ । यद्यपि, पोस्टमार्टम पछि मृत्युको कारण खोप नभएको बताइएको छ । नयाँ दिल्लीको एम्सकी डाक्टर उमा कुमारी भारतमा हरेकको डरको पछाडि फरक कारण भएको बताउँछिन् । केही मानिसहरु खोपमाथि विश्वास गर्न सकिरहेका छैनन् भने केही खोपको साइड इफेक्टबाट डराइरहेका छन् ।

उनका अनुसार खोपलाई लिएर शुरुमा नै निकै भ्रम फैलाइयो । यो खोप परीक्षण नै बिना यसलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको हो भनियो । यसले पनि मानिसहरुको मनमा डर पैदा भयो । यद्यपि, खोपमके साइटइफेक्ट छाटो समयलाई मात्र देखिने उनी बताउँछिन् । डा. उमाका अनुसार कोरोनाको खोपको साइडइफेक्ट केही घण्टाका लागि मात्र रहने बताउँछिन् ।

एम्सकै डा. सञ्जयकुमार चुघ फाइजरको खोप लगाएर विश्वका केही देशमा मानिसहरुले ज्यान गुमाएपछि पनि खोपसँग मानिसहरु डराइरहेको बताउँछन् । मानिसहरुलाई भरोसा दिलाउन केन्द्रीय स्वाथ्यमन्त्री डा. हर्षवर्धन आफै अगाडि आउनु परेको छ । उनका अनुसार साइड इफेक्ट देखिएका मामिला पनि सामान्य रहेको छ । उता, दोस्रो चरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खोप लगाउने भएका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist