मेडिकल शिक्षाको शुल्क बढाउने सिफारिस हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन : डा. केसी

डा. गोविन्द केसी

काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता एवम् वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भने शुल्क बढाउन गरिएको सिफारिस प्रती आपत्ति जनाएका छन् । शनिवार चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण समितिले चिकित्सा शिक्षा क्षेत्रको शुल्क बढाउन सरकार समक्ष सिफारिस गरेको थियो ।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेमा जोड दिएका छन् । त्यसैको तयारी स्वरुप शुल्क कम गर्दै लैजानुपर्ने डा केसीले बताएका छन् । नेपाल चिकित्सक संघको आजिवन सदस्य समेत रहेका डा. केसीले कोरोना महामारीका कारण अभिभावक र विद्यार्थी मारमा परेका बेला शुल्क बढाउने काम कुनैपनि हालतमा स्वीकार्य नभएको बताए ।

आइतवार एक विज्ञप्ति जारी गर्दै डा केसीले भने, “चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।”

साथै तत्काल मेडिकल शिक्षा क्षेत्रको शुल्क बढाउनका लागि गरिएको सिफारिस खरेज गर्न माग गरेका छन् । “त्यसैले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँछौं । साथै हामीसित सम्झौता भए बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गर्दर्छौ।” जारी विज्ञप्तिमा भनिएको छ ।

साथै डा. केसीले विगतमा आफू र सरकारबीच भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गरेका छन् । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

10 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook