काठमाडौं, ११ माघ । काठमाडौं त्रिभुवन विमानस्थल अगाडि बसको ठक्करले एक पैदलयात्री घाइते भएका छन् । बा ५ ख ४९५९ नम्बरको बसले चन्द्र बहादुर पुन मगरलाई ठक्कर दिएको हो । उनको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।
रुकुमपश्चिम घर भएका चन्द्र बहादुरको साथमा फेला परेको मतदाता परिचय पत्रको आधारमा प्रहरीले उनको पहिचान गरेको छ । उनी बोल्न सक्ने अवस्थामा छैनन् । बस चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।