युनिकोम नेपाल गण्डकीको बृहत् बनभोज तथा जिल्ला समिती साथै बिभागिय समितिहरु गठन सम्पन्न

युनिकोम नेपाल गण्डकीको बृहत् बनभोज तथा जिल्ला समिती साथै बिभागिय समितिहरु गठन सम्पन्न

पोखर, ११ माघ । शनिबार नेपाल व्यापार कर्मचारी संघ (युनिकोम नेपाल) गण्डकी प्रदेशको बृहत् बनभोज तथा जिल्ला समिती साथै बिभागिय समितिहरु गठन गरिएको छ । पोखराको दोभिल्ला स्थित बनभोज स्थलमा करिब ६०-७० जनको उपस्थितिमा औपचारिक कार्यक्रमको रुपमा कर्यक्रम भएको थियो ।

नेपाल व्यापार कर्मचारी संघ गण्डकी प्रदेशका उपाध्यक्ष्य नबिना सुबेदिको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा सस्थाका केन्द्रिय अध्यक्ष गजेन्द्र बहादुर पौडेलको प्रमुख आथितिका रुपमा रहेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमितिका सचिब समेत रहेका चर्चित लोक तथा दोहोरी गायक माधब चापागाईं संघको पनि सचिब पदमा रहेका छन ।

संघले व्यापार कर्मचारीको हक हितको लागि काम गर्ने र ब्याक्तित्व बिकास र सीप तथा क्षमता बिकाशको लागि काम गर्ने सस्थाको लक्ष्य तथा उद्देश्य रहेको पनि चापागाईंले बताए । चापागाईंका अनुसार रमाइलो बनभोज तथा जिल्ला समिती सथै बिभागीय समिती पनि गठन भएको हो ।

कार्यक्रममा संयोजकको रुपमा रजु सुवेदी रहेका थिए भने सुमन तिमिल्सिना, प्रदिप पौडेल, प्रकाश पोख्रेल, निशान सुवेदी, प्रमिला रानाभाट लगायतको सकृयता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रबिन भुषाल, केन्द्रीय सदस्य चिरन्जिबी पौडेल, लगायत अन्य विशेष अतिथी र अतिथिहरुको उपस्थिती रहेको थियो ।

संघका गण्डकी प्रदेश सचिब माधब चापागाईँले कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रमको बिचबिचमा सास्कृतिक प्रस्तुतिहरु पनि राखिएको थिए ।

युनिकोम नेपाल गण्डकीको बृहत् बनभोज तथा जिल्ला समिती साथै बिभागिय समितिहरु गठन सम्पन्न

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक