अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झ’गडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।
प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ । पी’डितलाई गो’ली लागेको थियो र त्यसपछि उनीहरूको श’रीरलाई ज’लाएर राखेको हुनसक्ने प्रारम्भिक अनु’सन्धानपछि प्रहरीले बताएको छ । घट’नास्थलमा कुनै गो’लीका छ’र्रा नभेटिएको बताउँदै प्रहरीले पी’डितहरू अर्कै ठाउँमा मा’रिएका हुनसक्ने बताएको छ ।
अभियोजनकर्ताहरूको कार्यालयले ला’सको परीक्षण चलिरहेको तर मृत शरीरकोे अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुने जनाएको छ । करमागो करिव १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो । न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनु’सन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् । एजेन्सी