यो दाजुको मिर्मिरे आँखा, अब गीतमै सिमित – रहेनन् धनबहादुर गायक

धनबहादुर गायक

पोखरा, १२ माघ । यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायतका कयौन गितहरुबाट चर्चा बटुलेका गाएक तथा सर्जक धन बहादुर गायकको निधन भएको छ। उनको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा आज “सोमबार” बिहान निधन भएको हो ।

उनको विगत तिन दिनदेखी मणिपाल अस्पतालको आईसियुमा उच्च रक्तचापको उपचार भैरहेको थियो । राष्ट्रिय लोक बाजा र सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष समेत रहेका गायकको निधनले सिंगो संगितको क्षेत्रलाई अपुरणिय क्षति पुगेको उनका समकक्षीहरुले बताएका छन् ।

उनको निधनमा पोखराका अग्रज संस्कृतिकर्मी तिर्थ श्रेष्ठले पनि गहिरो दुख व्यक्त गरेका छन् । उनि लेख्छन्, “धनबहादुर गायक रहेनन । ह्दयाघातबाट उनको देहावसान भयो । डाँफे कला मन्दिर देखि संगीत प्रशिक्षण केन्द्र, झलकमान गन्धर्व सारंगी पाठशाला र पोखराका हरेक जस्तो सांगीतिक गतिविधिमा उनको संलग्नता रह्यो ।”

श्रेष्ठ अझै सम्झिन्छन्, २०७६ को विजया दशमीको अवशरमा गन्धर्व समूहबाट बिन्ध्यबासिनी बाटिकामा नवरात्र भर सारंगीबाट मालश्री धुन बजाउने कुरामा हामीले सहकार्य गरेका थियौं । हंसिलो, मिजासिलो र फूर्तिलो धनबहादुर एक कुशल र असल संगीतकर्मी थिए । उनको असामयिक अवशानले पोखराको सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । हार्दिक श्रद्धाञ्जली ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्