सुन तस्करको नयाँ जुक्ति असफल: बच्चाले लगाउने डाइपर भित्रबाट पनि सुन भेट्टाएपछी…

काठमाडौं, १२ माघ। कतारबाट अवैध तरिकाले सुन ल्याउने र सुन संकलन गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारबाट आएका सुवास गुरुङ र सुन संकलन गर्न विमास्थलमा पुगेका तनहुँका टकबहादुर गुरुङलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

आइतबार कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट काठमाडौं आएका सुवास गुरुङको लगेज जाँच गर्दा सुन भेटिएको थियो । बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको सुन फेला परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लियो ।
सुवासको बयानका आधारमा सुन रिसिभ गर्न गएका तनहुँ व्यास नगरपालिका–९ का ३१ वर्षीय टक बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन भरतपुर घर भएका सुवासले डाइपरमा लुकाएर ल्याएको ३ सय ४४ दशमलव ९९ ग्राम सुनका रिङ र बाला बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

सुवासले डाइपरको बटनमा लुकाएर सो सुन कार्टुनमा राखेर नेपाल ल्याएका थिए । पक्राउ गरिएकालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook