फ्रान्समा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट – तेस्रोपटक पुनः देशव्यापी लकडाउन लागू हुने सम्भावना

france confinement

कोरोनाभाइरसको नयाँ भेरियन्ट फ्रान्समा पनि भेटिएको छ । फ्रान्सेली सरकारका वरिष्ठ सल्लाहकारले कोरोनाभाइरसको नयाँ भेरियन्टले देशमा आफ्नो खुट्टा पसारिरहेको र यससँग जुध्नका लागि सरकारले तेस्रोपटक लकडाउन लगाउनुपर्ने बताएका छन् ।

बीबीसी संवाददाता डेनियल विट्टनबर्गका अनुसार फ्रान्सका चर्चित इम्यूनमोलोजिस्ट डाक्टर शौं फ्रान्स्वा डेल्फ्रेस्सीले यदि देशमा कडा लकडाउन नलगाइए मार्चको मध्यसम्म ‘स्थिती अत्यधिक मुश्किल’ हुनसक्ने चेतावनी दिएका छन् । उनले भाइरसको नयाँ र संक्रामक भेरियन्टलाई फैलनबाट रोक्नका लागि राजनेताले छिटोभन्दा छिटो कुनै ठोस् कदम चाल्नुपर्ने बताएका छन् ।

कोरोनाभाइरसको बढ्दो मामिलालाई मध्यनजर गर्दै महिनाको सुरुवातमा फ्रान्समा बेलुका ६ बजेदेखि रातीसम्म कर्फ्यू लगाइएको थियो । यसैबीच देशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । केहि दिन अघिसम्म औसतमा दैनिक कोरोनाका १८ हजार मामिला दर्ता गरिएको थियो भने अब यो संख्या बढेर २० हजारसम्म पुगेको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या पनि लगातार बढिरहेको छ ।

कोरोनाभाइरसको बढ्दो मामिलालाई मद्देनजर गर्दै बुधबार फ्रान्सेली सरकारले एक महत्वपूर्ण बैठकको आयोजना गर्दैछ जसमा के कस्ता कदम उठाइने भन्नेबारे कुराकानी हुनेछ । हाल अधिकारी तेस्रो पटक देशमा पूर्ण लकडाउन लगाउने विषयमा विरोध गरिरहेका छन् र रातीमात्रै करफ्यू लगाउने पक्षमा छन् । त्यसैले यहाँ स्कूल खोलिएका छन् ।

यसअघि प्रधानमन्त्री शौं केस्टेक्सले आवश्यकता परे ढिला नगरीकन एकपटक पुनः लकडाउन लगाउन आफू पछि नहट्ने बताएका थिए ।

जोन होपकिन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण ७३,१९० को मृत्यु भइसकेकाम ेछ र यहाँ संक्रमितको संख्या २१ लाख २८ हजारभन्दा बढी छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्