कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था

कोरोना बिरुद्ध खोप

कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ । रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएइ) का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् । धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायल पछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको पनि समाचारमा जनाइएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारीक प्रमाणपत्र पेश गर्नु पर्ने सर्त राखिएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ । “यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । यो अभियानले कतिपयले हल्का रुपमा लिने र ठट्टाको विषय बनाउने छन् वा खोप लगाउनका लागि प्रेरित हुनेछन्,” एक जनाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

युएईको दुबईसहित सात क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउने अभियान गत डिसेम्बरदेखि नै चलिरहेको अधिकारीहरुले जनाएका छन् । युएइमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युएइमा आइतबार थप तीन हजार ५७९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै युएइमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजारभन्दा बढी पुगेको छ । युएइमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये अहिले सम्म ७९२ जनाको मृत्यु भएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist