नेपालमा कोरोना भाइरस विरुद्धको खोप भोलिबाट लगाउन शुरु, पहिलो खोप कसलाई ?

काठमाडौं, १३ माघ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप भोलिबाट लगाउन शुरु हुँदैछ । माघ १४ गते बुधवारबाट शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट खोप अभियान शुरु गर्न लागिएको हो । बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पताल स्रोतले जनाएको छ ।

कोरोना विरुद्धको पहिलो खोप पनि अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने छन् । यस्तै दोस्रो सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने छन् । त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्य कर्मीलाई खोप लगाइनेछ ।

त्यस्तै टेकु अस्पतालमा एक हप्ताको अवधिमा ३ हजार बढी स्वास्थ्य कर्मीहरुलाई खोप लगाइने अस्पतालले जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न ११ वटा अस्पतालहरुमा खोप अभियान सञ्चालन गरिनेछ ।

जसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, वीर अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल,भक्तपुर अस्पताल,शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र,सशस्त्र प्रहरी बलम्बु अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, काठमाडौं मेडिकल कलेज, शहिद गंगालाल अस्पताल लगायत रहेका छन् । बुधबार देशभरका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुँदै छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook